रोल्पामा ६६ औं प्रहरी दिवस मनायो

रोल्पा । जिल्ला प्रहरी कार्यालय लिबाङ रोल्पाले पनि ६६ औं प्रहरी दिवस मनाएको छ। ‘अपेक्षा फलको छैन सधैं कर्तव्य चिन्तन, प्राणको आहुती दिने तिमीमा अभिनन्दन’ भन्ने मुलनाराको साथ सुरु भएको ६६ औं प्रहरी दिवसको अवसरमा भएको कार्यक्रम जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीको अध्यक्षता भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगर, विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राज बहादुर बुढामगरले प्रहरी देश र जनताको लागि काम गर्ने बताउदै, नेपाल प्रहरीको इतिहास लामो भएको र जनताको आपतकालीन तथा विपदको बेला सबैभन्दा पहिले पुग्ने संस्था भएको बताए । उनले नेपालको राज्य फेरबदल भए पनि शान्ति सुरक्षा कहिले पनि फरक नहुने र सधै जनता र देशको अमनचयनको लागि अहोरात खतेर आफ्नो दायित्व पूरा गरिरहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि रहेका पूर्ण केसीले प्रहरी नेपाली जनताको लागि आपत विपदमा सबैभन्दा पहिले पुग्ने र सुरक्षा प्रदान गर्ने निकाय भएको बताए । साथै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले प्रहरी देशको शान्ति सुरक्षामा दिनलाई दिन र रातिलाई राति नभनेर आफ्नो कर्तव्य निर्वाह गर्ने गरेको बताए।

त्यस्तैगरी कार्यक्रममा नेपाल प्रहरीका प्रमुखहरु, नेपाली सेनाका प्रमुखहरु, जिल्लाका राजनैतिक दलका प्रमुखहरु र जिल्लामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस