चाडपर्व लक्षित सस्तो पसल नुन र चामलमा मात्रै सीमित


दाङ । सरकारले नागरिकलाई चाडपर्वको समयमा सस्तो मूल्यमा उपभोग्य खाद्य बस्तु उपलब्ध गराउने भने पनि नून र चामलमा मात्रै सीमित भएको छ । घोराहीमा नुन र चिनी सुपथ मुल्यमा बिक्री गर्ने भनिए पनि पसलमा नुनमात्रै रहेको छ ।

उता तुलसीपुरमा सञ्चालन गरिएको सुपथ मुल्य पसलमा चामल मात्रै रहेको छ । सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा सरकारले भनेको बस्तुुहरु किन्न नपाएको उपभोक्ताले गुुनासो पोखेका छन् ।

दाङमा सरकारी स्तरबाट चाडपर्व लक्षित गरेर सञ्चालनमा ल्याइएको सहुलियत पसल नाम मात्रको रहेको उपभोक्ताको भनाई छ ।

सरकारको स्वामित्वमा सञ्चालित साल्ट ट्रडिङ कर्पोरेशनले घोराहीमा सञ्चालन रहेको पसलमा उपभोक्ताले नुनमात्र पाउने भएपछि नाम मात्रको सहुलियत पसल भएको बताएका हुन् ।

सहुलियत पसलमा पर्व लक्षित बस्तुुहरु विक्रि हुनुपर्ने भए पनि चामल र नुुनमा मात्रै सीमित हुँदा नागरिकले चित्त नबुझेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस