तुलसीपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ

दाङ । दाङमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले १७ हजार नगद सहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ का ३२ वर्षीय भुपबहादुर बस्नेत, २९ वर्षीय सन्तोष भण्डारी, ३६ वर्षीय दुर्गाप्रसाद नेपाली, तुलसीपुर ९ का ५२ वर्षीय मुन्ना सिद्दीकी, २९ वर्षीय बिरबहादुर नेपाली, बाँके राप्ती सोनारी गाउँपालिका ८ का ३८ वर्षीय गेहन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख रञ्जन स्वाँरले जानकारी दिए ।

उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका ९ अटोभिलेज नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस