दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नं. ३ का २३ वर्षीय नारायण बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार बुधबार बिहान१० बजे बस्नेतलाई बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
अचेत अवस्थाका बस्नेतलाई उद्धार गरि घोराहीस्थित अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार