घोराही । दाङ र बाँकेको वन क्षेत्रमा बाघको त्रास फैलिएको छ । बाघको समूह नै हिड्न थालेपछि वन कार्यालयले सचेतना अपनाउन सार्वजनिक आह्वान गरेको छ । बाँकेको गाभर कुसुम क्षेत्रमा बाघले मान्छे खाएदेखि नै सो क्षेत्रमा बाघको समुह देखा पर्न थालेको हो ।
बाँके र दाङको सीमा क्षेत्रमा पाटे बाघ र चितुवाको समुह देखिएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । वन कार्यालयका अनुसार बाँके र दाङको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा चितुवा र बाघको समुह देखा परेको हो ।
वन कार्यालयले दाङको रिहार क्षेत्रबाट बाँकेको शिवखोला, कुसुम क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन समेत सबैमा आग्रह गरेको छ ।
सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार