यही २३ गतेदेखि दाङ भ्याली खुला टि–२० क्रिकेट हुने

दाङ । दाङको तुलसीपुरमा दोस्रो ईन्टर दाङ भ्याली टि–२० क्रीकेट च्याम्पियनसिप हुने भएको छ । डिभिसिसि दाङको आयोजनामा महेन्द्र माबी खेलमैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यही असोज २३ गतेदेखि सुरु हुनेछ ।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको डिभिसिसीले जिल्लामा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको बताएको छ । प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष आभास बुढाथोकीले जानकारी दिए ।

एक साता बढी सञ्चालन हुने प्रतियोगितामा जिल्लामा स्थापित क्रिकेट क्लबको प्रतिनिधित्व हुने र १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

अन्तिम टिम दर्ता मिति असोज २१ गतेसम्म राखेको आयोजकले टिम दर्ता, आर्थिक र प्राबिधिक लगायतका तयारीलाई तीव्र पारेको उपाध्यक्ष सागर देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस