साधना बचत सहकारीको साधारणसभा सम्पन्न

बिजौरी । साधना बचत तथा ऋण सहकारी सस्था लि. तुलसीपुर-१९ सक्राम दाङको आठौ वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष श्री भिबिसन रोका मगरको सभापतित्व एवम् उपाध्यक्ष देवराज वि.क.को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कौमती खत्री, कर्ण बहादुर खड्का, नन्द बहादुर घर्ती मगर, पल बहादुर के.सी., लिलाधर के.सी., गणेश बहादुर वली, यज्ञ बहादुर के.सी., खड्क बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सभाले भिविसन रोका मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा खिम बहादुर खड्का, सचिवमा लिलाधर के.सी., सह सचिवमा देवराज वि.क., कोषाध्यक्षमा तिलसरी के. सी. र सदस्यहरुमा जय बहादुर वली, राम बहादुर वली, कौमती खत्री, तुलसी दसौदी, पिमा बुढाथोकी र मनमाया वली रहेका छन् ।

त्यसैगरी खड्क बहादुर बुढाथोकीको संयोजकत्वमा लेखा उप समिति र देवराज वलीको संयोजकत्वमा शिक्षा उप समिति गठन गरेको छ ।


कार्यक्रमको सञ्चालन सचिब देवराज वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस