साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । लिग चरणअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्दी श्रीलंकाको सामना गर्न लागेको हो ।

पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई एक शून्य गोल अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइएको छ ।

खेल नेपाली समयअनुसार राती पौने दश बजे शुरु हुने छ ।

खेल माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा हुँदै छ । पहिलो खेलमा नेपालको जितका लागि डिफेन्डर मनिष डाँगीले गोल गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस