तुलसीपुरमा हाइसको ठक्करबाट एक जना गम्भीर घाइते

तुलसीपुर । तुलसीपुरमा हाईसले ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् ।

तुलसीपुरबाट काठमाडौका लागि छुटेको बा ३ ख ४४५२ नम्बरको हाइसले मोतिपुरको पेट्रोलपम्प नजिकै रा ३ प ३९०२ मोटरसाईकललाई बिहान ६ बजे ठक्कर दिंदा चालक सल्यानको कपुरकोट गाउँपालिका–१ गर्पा निबासी १८ बर्षीय सयोग बुढामगर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस