दाङ । दाङको लमही स्थित राटो डाँडामा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । काँकडभिट्टा देखि महेन्द्रनगर जाँदै गरेको मे १ ख ३२८८ नम्बरको यात्रु बस दुर्घटना हुँदा घाइते भएकाहरुको भने नाम ठेगाना खुल्न सकेको छैन ।
घाइतेहरू मध्य दुई जनाको टाउकोमा चोट लागेको छ भने, अन्य पाँचजना सामान्य घाइते भएका छन् ।
आइतबार दिउँसो २ बजेको समयमा अगाडिको बसको टायर पड्किदा अनियन्त्रि भएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । बस सहचालकले गुडाई रहेको भन्ने बुझेका छौं । बस चालक र सहचालक दुबैलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार