
माइक्रोसफ्ट कम्पनीले आफ्नो विन्डोज ११ अपरेटिङ सिस्टम आम उपभोक्ताका लागि अक्टोबर पाँचमा सार्वजनिक गर्दैछ ।
विन्डोज ११ लाई आधिकारिक रुपमा बजारमा पेश गर्नुअघि माइक्रोसफ्टले विन्डोज ११ सँगै ल्याउने अफिस २०२१ संस्करणको फिचर्स तथा मूल्यका बारेमा जानकारी सार्वजनिक गरेको छ ।
सार्वजनिक जानकारी अनुसार अफिस २०२१ व्यवसायिक प्रयोगकर्ता तथा माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सन गरिरहन नचाहने प्रयोगकर्ताहरुका लागि लक्षित छ ।
विन्डोज २१ भित्रका अधिकांश एपहरुको लुक्स परिवर्तन गरिएको छ भने स्टक इमेजहरुको संख्या धेरै हुनुका साथै कमान्डका लागि सर्च बक्स उपलब्ध रहेको र Open Document format (ODF) 1.3 पनि सपोर्ट गर्नेछ ।
त्यस्तै अफिस २०२१ मा रियल टाइम को अथरिङ फिचर पनि रहेको छ । जस अनुसार वन ड्राइभमा सुरक्षित कुनै डकुमेन्ट एकै समयमा एकभन्दा बढी व्यक्तिले खोलेर एकसाथ लेख्न सकिनेछ ।
माइक्रोसफ्ट अफिस २०२१ अन्तरगतThe Office Home and Student 2021 संस्करणमाWord, Excel, Powerpoint, OneNote तथा Microsoft Teams रहनेछन् । यसको मूल्य १४९.९९ डलर तोकिएको छ ।
त्यस्तै Office Home and Business २०२१ संस्करणको मूल्य २४९.९९ डलर रहेको छ । यसमा Office Home and Student संस्करणका सबै एपहरुका अलावा इगतयियपका साथै सबै एपलाई व्यवसायिक उद्धेश्यमा प्रयोग गर्ने अधिकार पनि हुनेछ ।
एजेन्सी