
दाङ । तुलसिपुरको टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८को फाइनलमा ईनोभेटिभ ज्ञानज्योती फुटबल क्लब तुलसिपुर र युनाईटेड युथ क्लब तुलसिपुर भिड्ने भएका छ्न् ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको फाईनल खेल सनिवार दिउँसो १ बजे हुनेछ ! उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्ने खेलाडीको वर्जस्व भएका ले फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
सेमिफाइनल खेलमा माईलदाई फुटबल क्लब कालितारा लाई सुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै ज्ञानज्योती ले फाईनल यात्रा तय गरेको थियो ! त्यस्तै बेलुवा फुटबल क्लब तुलसिपुर लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै युनाईटेड युथ क्लब तुलसिपुर ले ज्ञानज्योती फुटबल क्लब तुलसिपुर संगको फाईनल भिड्न्त पक्का गरेको हो ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता ले नगद ५० हजार, ट्रफी तथा मेडल, प्रमाणपत्र हात पार्नेछ्न ! त्यस्तै सेमिफाइनलमा हार ब्यहोरेका दुबै टिम लाई १०/ १० हजार प्रदान गरिनेछ ! त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने आयोजक क्लबका अध्यक्ष कबिन रजौरे ले जानकारी दिनु भएको छ ! यसैबिच आयोजकले सनिवार दिउँसो हुने प्रतियोगिताको फाईनल खेल तथा समापन समारोहमा उपस्थितिको लागि खेलप्रेमी, खेलाडी, आम शुभचिन्तक लगाएत सबै अनुरोध समेत गरेको छ !