
रोल्पा आईटीएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आई.टि.एफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको हो । प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको विकासका लागि बागलुङ जिल्लाका श्रीप्रसाद बुढामगर लाई प्रशिक्षकको रुपमा नियुक्ति गरिएको रोल्पा आई.टी.एफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले बताउनु भयो ।
संघले बल्याक बेल्ट दोस्रो डान तेक्वान्दोका प्रशिक्षक बुढामगर लाई करारमा प्रशिक्षक नियुक्त गरिएको हो । प्रशिक्षक बुढा मगर ले यस अधि गुल्मी जिल्लामा १ वर्ष र बागलुङ जिल्ला मा ३ बर्ष गरि ४ बर्ष प्रशिक्षकको जिम्मेवारी बहन गरेका थिए । प्रशिक्षक बुढाले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता समेत हुन ।
२०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक बुढा्ले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठा मगरले जानकारी दिए ।