तुलसीपुर । निर्माण व्यवसायी अनुप पाण्डेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिट्टीबालुवा ओसारपसार गरेको आरोपमा चार वटा टिप्परलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर-१७ बाट दंगिशरणको चौखट्टामा लैजादै गरेको अवस्थामा गिट्टी बालुवा बोकेका चार वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
टिप्परलाई बिहाबार दिउँसो बालापुुर चेक पोष्टमा जाँचका क्रममा आवश्यक कागजपत्र फेला नपारेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रदेश २०३००१ ख १८७१, प्रदेश २०३००१ ख १८८२, प्रदेश २०३००१ ख १७२५ र प्रदेश २०३००१ ख १८७६ नम्बरको टिप्परालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा ल्याएका टिप्परलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिकालाई बुझाउने तयारी भएको छ ।
स्रोतका अनुसार निर्माण व्यवसायी पाण्डेले घोराही-तुलसीपुर फोरलेन सडक विस्तारको नाममा ढुंगा गिट्टी बालुवा खोलाबाट उठाउने तर अन्यत्रै बिक्रि गर्ने गरेको खुलेको छ ।
तर अनुपले आफ्नो टिप्पर भएपनि ठेक्का अरुले नै लिएर चलाएको बयान दिएको प्रहरीले जनाएको छ ।