टरिगाउँमा जारी फुटबलमा आजदेखि सेमिफाईनल खेल हुने

तुलसीपुर । तुलसीपुरमा जारी खुला फुटबल प्रतियोगितामा आजदेखि सेमिफाईनलका खेल हुने भएका छन् । तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा ज्ञानज्योती तुलसीपुर र माईलादाई फुटबल क्लब कालितारा भिड्ने भएका छन् ।

खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ । त्यस्तै शुक्रबार अन्तिम सेमिफाइनल खेलमा बेलुवा फुटबल क्लब र युनाईटेड युथ क्लब तुलसीपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो दुई बजेपछि हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न् । त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिनेछ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस