काठमाडौं । बुधबार राति भएको खेलमा युभेन्ट्सले चेल्सीमाथि १–० गोलको जित निकालेको छ । इटालियन क्लब युभेन्ट्सले साविकको विजेता टोली प्रिमियर लिग क्लब चेल्सीमाथि जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको चिसाले निर्णायक गोल गरेका हुन् ।
उनले ४६औं मिनेटमा गरेको गोल नै युभेन्ट्सका लागि निर्णायक गोल बन्यो । युभेन्ट्सको यो लगातार दोस्रो जित हो ।
जितसँगै समूह ‘एच’मा रहेको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । युभेन्ट्स समूहको शीर्ष स्थानमा छ ।
पराजित चेल्सी ३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा आरबी साल्जर्वगले लिलेमाथि २–० गोलको जित निकालेको छ ।
प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार