सशस्त्र प्रहरीलाई एक लाख मास्क हस्तान्तरण

कपिलवस्तु । नेपाल स्काउटद्वारा सशस्त्र प्रहरीलाई एक लाख मास्क हस्तान्तरण गरिएको छ । युनिसेफको सहयोग कपिलवस्तुमा मास्क प्रयोग सुनिश्चित अभियान अन्तर्गत सशस्त्र प्रहरी विन्दवासिनी ५ नम्बर बाहिनी चन्द्रौटालाई उक्त मास्क प्रदान गरिएको हो ।

बुधबार भएको कार्यक्रममा सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख डिआइजी किशोर प्रधानले स्काउट समाज सेवामा नमुना काम गरेको बताए । स्काउटले ठुलो परिमाणमा मास्क हस्तान्तरण गरेको धन्यवाद दिए ।

कोभिड–१९ को समयमा जोखिमपूर्ण रुपमा सशस्त्र प्रहरीले काम गरेको र नागरिकको शान्ति सुरक्षाको सवालमा अग्रस्थानमा रहने बताए । स्काउटले प्रदान गरेको उक्त मास्कलाई सीमा क्षेत्रमा रहेका डेस्कहरूबाट नागरिकहरूमा वितरण गर्ने प्रधानले बताए । स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराईले यो विषम परिस्थितिमा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी काम गरेको बताए ।

स्थानीय सरकार प्रदेश सरकार तथा ट्राफिक प्रहरीसँग सहकार्य गरी कोरोना नियन्त्रणमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको उनले बताए । विद्यालयहरूमा थप जोखिम रहेको विद्यालयहरूमा समेत विभिन्न कार्यक्रम गरिएको भट्टराईले बताए । हस्तान्तरण कार्यक्रममा स्काउटका प्रदेश तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस