खुला फुटबलमा मंगलबारदेखि क्वाटर फाईनलका खेल सुरु हुने

तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ मा युनाईटेड युथ क्लब तुलसीपुर र माईलादाई फुटबल क्लबले बिजयी सुरुवात गरेका छ्न् ।


टरिगाउ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा आयोजक टरिगाउ युवा क्लब बिलाई सर्ट एण्ड डेथमा सुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै युनाईटेडले बिजयी सुरुवात गरेको हो ।


कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुबै पक्षबाट गोल हुन नसकेपछी खेल पेनाल्टीमा गएको थियो। पेनाल्टिमा पनि बराबरी भएपछि युनाईटेडले सर्ट एण्ड डेथमा जित निकालेको हो। यस्तै एस वाई सि कालाकाटेलाई सर्ट एण्ड डेथमा ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै माईल दाइ फुटबल क्लबले बिजयी सुरुवात गरेको हो ।


उल्लेख्य दर्शकले भरिएको टरिगाउ खेल मैदानमा दिउसो सम्पन्न कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।


पेनाल्टिमा पनि बराबरी भएपछी सर्ट एण्ड डेथमा माईदाई फुटबल क्लबले जित निकालेको हो।


यसैबिच प्रतियोगिता अन्तरगत मंगलबार बिहान हुने पहिलो क्वाटर फाईनल खेलमा युनाईटेड युथ क्लब तुलसीपुर र मगर एकता क्लब हापुरे भिड्नेछन् । खेल बिहान ७ बजे हुनेछ।

त्यस्तै दिउसो हुने दोस्रो क्वाटर फाईनल खेलमा आयोजक टरिगाउ युवा क्लब ए र ज्ञानज्योती क्लब तुलसिपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो २ बजेपछी हुने आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको छ।


प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिनेछ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस