बिजौरी । जन्मदिनको अवसरमा नवजागरण मा.वि. कुटेचौरका विपन्न छात्रछात्राहरुलाई पोषाक वितरण गरिएको छ ।
तुलसीपुर–१९ हाडिमे निवासी उद्योगी मोहन घर्तीकी छोरी सरस्वती घर्तीले आफ्नो जन्मदिनको अवसरमा विपिन्न छात्रछात्राहरुलाई पोषाक वितरण गरेकी हुन् । घर्तीले हरेक वर्ष आफ्नो जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी जन्मदिन मनाउँदै आएकी छिन् ।
सो पोषाक वितरण कार्यक्रम नबजागरण मा.वि. कुटिचौरका प्रधानाध्यापक गोपाल खड्काको अध्यक्षता तथा तुलसीपुर वडा नं. १९ का वडाध्यक्ष रामबहादुर योगीको प्रमुख आतिथ्यतामा भएको हो ।
उक्त कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, न्यु स्टार ईंलिस बोर्डिङ स्कुलका प्रिन्सीपल शरण जिएम, च्याम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्ती धरमपानी टोल विकास संस्थाका अध्यक्ष विरबहादुर पुन, एमाले नेता टोपेन्द्र केसी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नन्दराम रोकालगायतकाले बोलेका थिए । उनीहरुले फजुल खर्च कटाएर यस्तो कार्यक्रम गर्नु राम्रो पक्ष रहेको बताएका थिए ।
विद्यालयका शिक्षक रामकुमार घर्तीले सञ्चालन गरेको कार्यक्रममा ५५ जनालाई स्कुल ड्रेस, कापी कलम, र माबी सक्राममा पनि ५३ जनालाई स्कुल ड्रेस, कापी कलमलगायतका सामग्रीहरु वितरण गरिएको थियो ।