
काठमाडौं। एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करणमा आज (आइतबार) दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स भिड्ने छन् । खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन पनि पहिलो खेलमा विजय हासिल गर्ने लक्ष्यमा हुनेछ ।
दोस्रो खेल भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे एक बजे सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ। चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् । दुवै टिम जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
हिजो भएको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरी विजयी सुरुवात गरेको छ ।
असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।