
तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउँमा शनिबारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ ।
टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे ले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्ने बताएका छन् ।
खेलकुद राष्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्यकोरुपमा बिकास गर्न सके देश समृद्धिको दिशातर्फ उन्मुख हुने उनको भनाई थियो। साथै उनले यसका लागि सबैको चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताए।
टरिगाउँ युवा क्लबका अध्यक्ष कबिन रजौरेको अध्यक्षता भएको कार्यक्रममा बिशिष्ट अतिथिद्वय दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष सुर्य बहादुर डाँगी श्याम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
क्लबका सचिव शिव बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गरेका थिए।
यसैबीच प्रतियोगिता अन्तरगत शनिबार भएको उद्घाटन खेल आयोजक टरिगाउँ युवा क्लबले बिजयी सुरुवात गरेको छ। उल्लेख्य दर्शकले खचाखच भरिएको खेलमैदानमा भएको रोमाञ्चक अनि शानदार खेलमा रोयल बिजौरीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टरिगाउँ युवा क्लबले बिजयी सुरुवात गरेको हो।
टरिगाउँका तर्फबाट जर्सी न ७ का खेलाडी अर्जुन नेपालीले खेलको ३० औ मिनेटमा गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने ८६ औ मिनेटमा थप गोल गर्दै दुई सुन्यको जित दिलाउन सफल भए।
प्रतियोगिता अन्तरगत आईतबार बिहान सात बजे ज्ञान ज्योती तुलसीपुर र बबई युथ क्लब कचिला भिड्नेछन्।
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन् ।
बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा जारी प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने छ ।