तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउँमा भोलि शनिबारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुँदैछ ।
टरिगाउँ युवा क्लब तुलसीपुर १२ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो दुई बजे हुनेछ । उद्घाटन खेलमा आयोजक टरिगाउँ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन् ।
बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर १२ मा रहेको टरिगाउँ खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ !
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न।
त्यस्तै ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने छ।
यसैबिच आयोजकले दिउँसो हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थितिका खेलप्रेमी, खेलाडी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ।