वडाका ६५ जनालाई कम्प्युटर तालिम


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का ६५ जनालाई कम्प्युटर तालिम सञ्चालन गरिएको छ । यसै आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वडाले एसइई उत्तीर्ण विद्यार्थीलाई मध्यनजर गर्दै उक्त तालिम सञ्चालन गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।


राईटस्टेप एजुकेसन एकेडेमी चन्द्रौटाले उक्त तालिमको प्राविधिक सहयोग गरेको छ । तालिमको उद्घाटन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अहिलेको युगमा कम्प्युटर सिप अति आवश्यक रहेकोले वडाले तालिम आयोजना गरेको बताए ।

कुनै पनि कार्यालयमा रोजगारीको लागि कम्प्युटर सिप अनिवार्य रहेको जिकिर गरे । तिन महिना सम्म सञ्चालन हुने उक्त तालिममा सिकेका कुरालाई आगामी दिनमा व्यवहारमा उतार्ने तरिकाले सिक्न सुझाव दिए । लामो समय देखि निरन्तर कम्प्युटर शिक्षा प्रदान गर्दै आइरहेको राईटस्टेप एजुकेसनले विद्यार्थीहरू सहज तवर वाट सिकाइने सञ्चालक दीपेन्द्र पौडेलले बताए ।


कतिपय विद्यार्थीहरू आर्थिक अवस्था न्यून हुँदा कम्प्युटर शिक्षा नलिएको पाइएकोले त्यस्ता विद्यार्थीहरूलाई पनि समेटेको वडा अध्यक्ष सापकोटाले बताए । कम्प्युटर सिप भोलि जागिर देखि व्यापार सम्म जुनसुकै ठाउँमा पनि आवश्यक रहने उनले बताए ।

तीन महिना पछि पनि कम्प्युटर सिक्न इच्छुक तर रकम नहुँदा सिक्न नसक्नेहरूलाई वडाले प्राथमिकता दिएर आर्थिक व्यवस्थापन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस