काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८९ हजार ६०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला १० ले घटेको छ ।
चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने बिहीबार प्रतितोला एक हजार १५५ तोकिएको छ ।
प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार