भलिवलमा प्रथम बन्दै मणिमुकुन्दले पायो १ लाख पुरस्कार

कपिलवस्तु। कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिवल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लवले जितेको छ । बुधबार भएको फाईनलमा पुरुष तर्फ गलकोट वाग्लुङ र मणिमुकुन्द क्लव बिच प्रतिस्पर्धा भएको थियो ।

खेलको अन्तिम समयमा विवाद भएपछि गलकोटले मैदान छाडेको थियो । रेफ्रिको निर्णय विपरित मैदान छोडपछि मणिमुकुन्दले प्रथम जित हासिल गरेको हो उसले १ लाख १ हजार पुरस्कार प्राप्त गरेको छ ।


राईजिङ स्टार युवा क्लवको आयोजनामा आयोजित खेलमा तेस्रो स्थान भने आयोजक ए ले हात पारेको छ । त्यस्तै महिला तर्फको खेलमा लाफा समुह र एभरेष्ट क्लव भिडेका थिए जसमा एभेरेष्ट क्लवले प्रथम स्थान हासिल गरेको छ ।


प्रतियोगितामा पुरुष भलिबल तर्फ खुल्ला सहभागितामूलक प्रतियोगितामा भाग लिन रुकुम, रोल्पा, तनहुँ , स्याङ्जा पर्वत लगायत जिल्लाका खेलाडी सहभागि भएका थिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार नगद रु १ लाख १ हजार, द्वितीय पुरस्कार ७१ हजार, तृतीय पुरस्कार ४१ हजार , सान्त्वना पुरस्कार नगद २१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार राखिएको थियो ।

महिला तर्फ हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १५ हजार , द्वीतीय हुने टिमले नगद रु ५ हजार प्राप्त गरेको क्लवका अध्यक्ष प्रदिप थापाले बताए । खेलमा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।सबैको सहयोग रहेकोले खेल सफल भएको खेल संयोजक शैलेन्द्र पुनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष टेकलाल सापकोटा, मुख्य प्रयोजक जिवलाल पौडेल लगाएतले पुरस्कार वितरण गरेका हुन् ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस