
रोल्पा । रोल्पामा भिरबाट खसेको ढुङगा लागेर आमा-छोरीको मुत्यु भएको छ । ढुंगाले लागेर रोल्पा नगरपालिका वडा नं. ९ बस्ने २५ वर्षीया संगीता पुन र उहाँकी २ वर्षीया छोरी र्कीतिका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
आमा-छोरीको शव मंगलबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । बाँदर धपाउँन मकै बारीमा छोरीसंगै जानुभएकी संगीतालाई हाङबाङ्ग स्थित भिरबाट झरेको ढुङ्गा लाग्दा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी सोहि नगरपालिकाकै एक पुरुषको विवाहको पार्टी खाएर फर्किने क्रममा लडेर मुत्यु भएको छ । मृत्यु हुनेमा वडा न.३ खुमेल बस्ने ४२ वर्षीय तीर्थलाल थापा रहेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो । तीनै जनाको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।