माथिल्लो हलवारमा मलामी प्रतिक्षालयको निर्माण शुरु


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को माथिल्लो हलवारमा मलामी प्रतिक्षालयको निर्माण कार्य शुरु भएको छ । माथिल्लो हलवारको ग्वारखोला दोभानमा करिब पाँच लाखको लागतमा निर्माण हुन लागको हो। मलामी प्रतिक्षालय एक महिनाभित्र सक्ने गरी मंगलबारबाट निर्माण शुरु भएको निर्माण समितिका अध्यक्ष शंकर चौधरीले जानकारी दिए ।

प्रतिक्षालय निर्माणका लागि देश तथा विदेशबाट दाताहरुले सहयोग प्राप्त भएको छ । प्रतिक्षालय निर्माणका लागि अहिलेसम्म ३ लाख बढी नगद संकलन भइसकेको निर्माण समितिका कोषाध्यक्ष उर्मिला रोका दहालले जानकारी दिइन् ।

पछिल्लो समय तुलसीपुर-४ खाद्रेका गगन रानाले १५ हजार १५ र तुलसीपुर ७ वकौटिका तारा चाँपागाईले २ टेक्टर गिट्टि सहयोग गरेको उनले जानकारी दिए ।

प्रतिक्षालय निर्माणमा सहयोग गर्ने दाताहरुको नाम १ हजार ५ सयसम्म रकम सहयोग गर्नेहरुलाई रजिष्ट्ररमा १ हजार ५ सय देखि माथिको रकम सहयोग गर्नेहरुको नाम भित्तेलेखनमा र ५ हजारदेखि माथिको रकम सहयोग गर्ने दानदाताको नाम शिलालेखमा लेखिने निर्माण समितिका सदस्य बसन्त पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस