दाङमा लागुऔषध मुद्धामा फरार एक प्रतिवादी पक्राउ


दाङ । दाङमा लागुऔषध मुद्धामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ४१ वर्षिय राजन भन्ने सुनिल पुरीलाई पक्राउ गरेको हो ।

लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनलाई प्रहरीले करिब चार वर्षपछि पक्राउ गरेको छ ।

२०७४ साल मंसिर १९ गते लागुऔषध मुद्धामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाय तोकिएका पुरीलाई असोज १ गते पक्राउ गरी आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस