![](https://pradeshpatra.com/wp-content/uploads/2021/09/received_1589394554736406.jpeg)
काठमाडौं । तजबीजी निर्णय र भागबन्डाका आधारमा सरकारले इतिहाँसमै धेरै नौ सय तीन जनालाई विभूषण बााड्ने निर्णय गरेको छ । देश कोरोना महामारीले आक्रान्त बनेको बेला विभूषण बनाउन मात्रै करिब २० करोड खर्च हुने गृह मनत्रालयले जनाएको छ ।
गत वर्ष केपी ओली नेतृत्वको सरकारले पाँ सय ९४ जनालाई विभूषित गर्न १२ करोड खर्च गरेको थियो । संख्या मात्र होइन, छनोटमा परेका व्यक्तिहरुको सत्तारुढ गठबन्धनका नेताहरुको सिफारिसका आधारमा राज्यको सबैभन्दा ठूदो सम्मान मानिने विभूषणमा भागबन्डा भएको हो ।
गत वर्ष समयमा मल नल्याएर बिसानको बिचल्ली बनाउने हुमनाथ कोइरालालाई पनि सरकारले विभूषण प्रदान गर्ने निर्णय गरेको छ । उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा समेत राखेको थियो । अन्य कतिपय विवादास्पद पृष्ठभूमिका वयक्ति पनि विभूषित हुने सूचीमा अटाएका छन् ।
नयाँ पत्रिकाबाट
प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार