
घोराही । पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख काफ्लेकाअनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार रहेका छन् ।
‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनी घोराही–१५ मा रहेको कोहिनून रेष्टुरेन्टमा बोलाएका रहिछन्’ –पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन । त्यसपछि ती पुरुषलाई तथानाम गाली गलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’

त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु पर्यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको र अन्त्यमा एक लाख रुपैया नगद र १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई लिइसकेको अवस्थामा प्रहरीले शनिबार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।
पक्राउ परेका महिलाहरुमाथि थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।