कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका हुन् ।
सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार


