
दंगीशरण । दंगीशरण गाउँपालिका ६ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँमा भिडियाे एक्सरे सेवाकाे उद्घाटन गरिएको छ ।
शुक्रबार एक कार्यक्रमकाबिच दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले उक्त सेवाकाे उद्घाटन गरेका हुन् । पहिलाे पटक पश्चिम क्षेत्रमा भिडियो एक्सरे सेवा पुगेपछि गाउँका नागरिकहरुलाई सहज हुने भएको छ ।

अति विपन्न वर्ग तथा विकट वस्तिका नागरिकहरुलाई सहज सेवा दिने लक्ष्य सहित स्वास्थ्य केन्द्र श्रीगाउँले साे सेवाकाे सुरुवात गरेको हाे । यसले गर्दा टाढा जानू पर्ने बाध्यता अन्त्य हुने आशा लिइएको छ ।
उक्त उद्घाटन कार्यक्रममा स्वास्थ्य केन्द्र सञ्चालन ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न.६ का वडा अध्यक्ष टंक बहादुर वलीकाे अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको हाे ।
अबदेखि स्वास्थ्य केन्द्र श्रीगाउँ स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा स्वास्थ्य केन्द्रका डा. कृष्ण घर्ती र डा.बुद्धि कुमारी बुढा मगर बाट लिन सकिनेछ । लामाे समयपछि स्वास्थ्य केन्द्रमा भिडियाे एक्सरे सेवा ल्याउन सफल भएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दाेर्ण वलीले बताए।