
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।
प्रति तोलामा ६०० रुपैयाँले बढेपछि ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार