टोल विकास संस्थाको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका वडा २ राङ्सीमा टोल विकास संस्थाको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त वडामा टोल विकास संस्था १२ वटा गठन भएका छन् । टोल विकास संस्थाका पदाधिकारीहरुलाई एक दिने संस्थाप्रतिको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जानकारी दिएको छ।

वडा अध्यक्ष हरि प्रसाद बुढामगरको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडाका १२ वटा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा वडाले पुरानो संरचनालाई भंग गरेर नयाँ टोल विकास संस्था बनाएको छ भने टोल विकास संस्था स्थापना गर्नको लागि परिवर्तन गाउँ कार्यपालिकाले समेत पारित गरिसकेको परिवर्तन गाउँपालिका प्रवक्ता हरि प्रसाद बुढा(सम्वेग)ले बताए ।

कार्यक्रमको सञ्चालन वडा सचीव रेग बहादुर डाँगीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस