
रोल्पा । जिल्ला समन्वय समिति रोल्पाको चौथो जिल्लासभा लिबाङमा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले जिल्लाको सभा उद्घाटन गर्दे संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने जिम्मेवारी पाउनुका साथै थप जिम्मेवारीलाई सक्रिय रूपमा दायित्व पुरा गर्नुपर्ने बताए ।
रोल्पा जिल्लाको प्राकृतिक स्रोत साधन, खाद्यान्न, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, आर्थिक अवस्था लगायतको विषयहरुमा व्यापक छलफल हुनुपर्ने बताए ।

जिल्लाको दस वटा स्थानीय तहमा फरक फरक नीति तथा कार्यक्रम सम्पन्न भएको र ती कार्यक्रमहरुको समीक्षा गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
त्यसैगरी कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, रोल्पा नगरपालिका प्रमुख पूर्ण के.सी, नौ वटै गाउँपालिकाका प्रमुखहरुको तर्फबाट लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, उपप्रमुखहरुको तर्फबाट परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हित कुमारी बुढामगर र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्लाको चौथो सभामा जिल्ला समन्वय प्रमुख राज बहादुर बुढामगरले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त सभामा जिल्ला समन्वय समितिका पदाधिकारी र सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय उपप्रमुख बिमला बुढा बाँठा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी तिर्थराज खनालले गरेका थिए ।