
दाङ । रसुवा कन्ट्रक्सन कम्पनी प्रालि धापासीका सञ्चालक बावुकाजी श्रेष्ठ विरुद्ध उजुरी परेको छ । श्रेष्ठलाई दाङको बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका कृष्णबहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय काठ्माडौमा उजुरी दिएका छन् ।
खत्रीले नौ वर्षअघि लेखपोखरा सल्यानमा जनस्वास्थ्य भवन निर्माण गरेको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी दिएका हुन् ।
प्रालि सञ्चालक श्रेष्ठलाई भवन निर्माणमा श्रमिकको ज्यालासहित लागेको रकम ६५ लाख ७१ हजार ४१७ नदिएको आरोपमा खत्रीले उजुरी दिएका छन् । उक्त रकम श्रमिकको ज्यालासहित निर्माण सामग्रीको हो ।
यसअघि प्रालि सञ्चालक श्रेष्ठले केही रकम दिएर आफुमाथि नै आक्रमणमा उत्रिएको समेत खत्रीले आरोप लगाएका छन् ।
ज्यानको सुरक्षाको मागसहित ठगी गर्ने श्रेष्ठलाई कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको उनले बताए ।
२०६९ साल मंसिर १८ गतेदेखिको रकम अहिलेसम्म नपाउँदा बैंकले आफ्नो घरबास नै उठाएको र आफु घरबारविहीन भएको पिडीत खत्रीले बताए ।
पिडीत खत्रीले अबको २० दिनभित्र रसुवा कन्ट्रक्सन प्रालिका मेसिन जफत गर्ने र सामाजिक संजालमार्फत सार्वजनिक गर्ने बताए ।