तुलसीपुर । दाङमा बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ पिपरीका १९ वर्षीय आशिष चौधरीको आइतबार दिउँसो बबई नदिमा डुबेर मृत्यु भएको हो ।
बन रक्षकको परीक्षाका लागि पौडी खेल्ने अभ्यास गर्दा बबई नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
चौधरी दंगीशरण गाउँपालिका ३ मा बबई नदीमा पौडीको अभ्यास गर्न गएको समयमा मृत्यु भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार