
दाङ । बनबाट हुने काठको चोरी निकासी रोक्न घोराहीका बनसमुह एकजुट भएका छन् । घोराही उपमहानगरपालिकाका ७ वटा बनसमुह बनबाट हुने काठको चोरी तस्करी रोक्न सामुहिकरुपमा लागेका हुन् ।
अज्ञात समुहले पछिल्लो समय बनका रुखहरु काट्ने र काठहरु चोरी निकासीमा सक्रिय भएकोले अवैध काठको तस्कार तत्काल रोक्न बनसमुह सामुहिरुमा लागेका छन् ।
सात वटा बनसमुह मूल समितिका संयोजक प्रकाश डाँगीको अध्यक्षता तथा नारायणपुर सब डिभिजनका प्राविधिक बन रक्षक हुमबहादुर वलीको प्रमुख आतिथ्यतामा आइतबार घोराहीमा बैठक बसेर विभिन्न निणर्य गरेको छ ।
संयुक्त बन समुहले अबैध चोरी निकासीलाई रोक्न सरोकारवालाई ध्यानाकर्षण गराउने भएको छ । बन समुह डिभिजन बन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगाएका ठाउँमा डेलिगेशन जाने निणर्य गरेको छ । बैठकले सामुदायिक बनको काठ चोरी निकासी गरेको भेटेमा बन ऐन अनुसार कानुनी कार्बाही गर्ने निणर्य समेत गरेको छ ।