कांग्रेस कपुरकोट गाउ कार्यसमितिको सभापतिका उमेदवार वलीलाई चुनावी रौनक

सल्यान । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कपुरकोट गाउँ कार्यसमिति सभापतिमा उमेदवारी दिनुभएका युवा नेता एगराज वलीले चुनावी अभियानलाई तिब्रता दिनुभएको छ । भदौ २५ गते सभापतिका उमेदवारी वलीले कपुरकोटसहित गर्पा, धनबाङ, सिनबाङ, रिम लगाएतका ठाउँमा भेट्घाटलाई तिब्रता दिनुभएको हो ।

आगामी असोज ९ गते हुन लागेको गाउ कार्यसमितिको अधिवेशनमा चुनावी मत परिणाम आफ्नो पक्षमा पार्नका लागि चुनावी प्रचार-प्रसारलाई तिब्रता दिनुभएको नेपाल दलित विद्यार्थी संघ दाङका अध्यक्ष कलसिं विश्वकर्माले जानकारी दिनुभयो ।

कपुरकोट-५ निवासी ३४ वर्षिय वलीले आफ्नो जित सुनिश्चित रहेको दावि गर्नुभएको छ । गाउँपालिकामा करिब १ सय बढी मतदाता रहेकोमा अधिकांश मतदाता आफ्नो पक्षमा रहेको उमेदवार वलीले बताउनुभयो ।

यसैबिच सभापतिका उमेदवार वलीले पाटीको कपुरकोट गाउँ कार्यसमिति कार्यालयका लागि एक रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । उहाँले सभापतिमा जितपछि पाटीको गाउँपालिका कार्यालय भवन समेत निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै पाटीको कपुरकोट गाउँपालिकाका ६ वटै वडामा कार्यालय स्थापनाका लागि भवन निर्माणार्थ आफ्नो जितपछि तत्कालै वडा ईकाईलाई ५० हजारका दरले रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रत्येक वडालाई ५०/५० हजारका दरले रकम सहयोग गर्ने बताउनुभएको हो । यस्तै उहाँले पाटीको वडा कार्यालयका लागि आवश्यक फर्निचरका सामान सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । पाटीलाई मजबुत बनाउन संगठन विस्तारलाई पनि तिब्रता दिने उहाँको भनाई छ ।

कांग्रेसको कपुरकोट गाउ कार्य समितिको उपसभापतिमा टिकाराम केसी र मानबहादुर खड्का , सचिवमा तिलक देवकोटा र यम थापाले उमेदवारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस