
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
कूल बिनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फको ६ खर्ब ७७ अर्ब १९ करोड, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड विनियोजन गरेको छ ।
यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
वित्तीय हस्तान्तरणतर्फ विजनियोजित बजेटमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट
प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार