काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि पुँजी बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज -नेप्से ०.६० अंकले घटेको हो। यो साता एक दिन मात्र नेप्से बढ्यो भने बाँकी चार दिन घटेको हो। नेप्से २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ।
जलविधुत्, जिवन विमा, लगानी र ब्यापारबाहेक अन्य उपसमूहको सूचक घटेको छ। हिमालयन पावर पार्टनरको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ। सानिमा लाइफ इन्सुरेन्स, रैराङ हाइड्रो पावरको सेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढिले बढेको छ। साधना लघुवित्त, अपि पावर, युनियन हाइड्रो पावर र माउन्टेन हाइड्रो नेपालको सेयर मुल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।
रिडी हाइड्रो पावरको सेयर मुल्य ५ प्रतिशतभन्दा बढिले घटेको छ। आइसिएफसी फाइनान्स, सपोर्ट लघुवित्त, नेपाल टेलिकम लगायत कम्पनीको पनि सेयर मुल्य घटेको छ। नेप्सेका अनुसार बिहीबार ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदविक्री भएको छ।