सिमखोला, सुकिदह सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न

२४ भदौ, रोल्पा । परिवर्तन गाउँपालिका वडा नं ६ ओहमा सिमखोला, सुकिदह सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको छ।

पानीको मुहानदेखि करिब ६ सय मिटरमाथि लिफ्टिङ मार्फत ओहको दुई टोल कामदार टोल र भलाखर्क टोलमा खानेपानी तथा सरसफाइ आयोजना पुगेको हो।

यसरी सिमखोला, सुकिदह सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछी स्थानीयहरु खुशी भएका छन् ।

टोलका मानिसहरुले सयौं बर्षदेखि पानीको चरम अभाव भोग्दै आएका थिए। यसरी पानीको धारा घर घरमा पुगेसँगै स्थानीय हर्षित भएका छन् ।करिब १५ मिनेटको बाटो हिडेर पानी बोकेर मानिसले पिउने, पशु चौपायलाई खुवाउने र शौचालयमा प्रयोग गर्ने गरेको खलु बि।कको भनाइ रहेको छ।

जब खडेरी पैदा हुन्छ तब आफूहरूले करिब १ घण्टाको दुरीमा पर्ने सिमखोलादेखि पानी बोकेर ल्याउने बाध्यता रहेको र अहिले घरमा पानी आएपछि केही सहजको महशुस भएको मनकिरण थापाले बताए ।

टोलमा ‘मर्दा होस् या पर्दा होस्’ एक दिन अगाडि देखिनै पानीको जोह गर्न झारा गरेर पानी जम्मा गर्ने गरेको नैनसिंह बि।कको भनाइ रहेको छ। पहिले देखिनै आफूहरूले पानीको चरम अभाव भोग्दै आएको र यसरी घर घरमा पानी आएको देख्दा अचम्म लाग्ने प्रेम बुढामगरको भनाइ रहेको छ।

उक्त आयोजनाबाट जम्मा ३१ घर संख्या लाभान्वित भएको समितिले जनाएको छ। आयोजना निर्माण गर्नको लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको १५ लाख, स्वीज रेडक्रसरनेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको ३१ लाख २० हजार ४ सय ६० रुपियाँ तथा परिवर्तन गाउँपालिकाको १५ लाख रहेको छ भने नगद ६२ हजार ५ सय ९३ रुपियाँ, जनश्रमदान १३ लाख ३० हजार ७सय ८३ रुपियाँ तथा निजी धारा ३ लाख ३६हजार ४ सय १६ रुपियाँ गरि जम्मा ६३ लाख ५० हजार २ सय ५२ रुपियाँ बराबर लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका अध्यक्ष अर्जुन बुढामगरको भनाइ रहेको छ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस