२३ भदौ, काठमाडौं । नेपालको स्थानीय बजारमा आज सुन चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।
जसअनुसार, छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो ।
साथै चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।
प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार