
२१ भदौ, काठमाडौं । सेयर बजारका लागानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिरकारीको राजीनामाको माग गरेका छन् ।
पुजीँबजार सुधार संघर्ष समितिले अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिएर आज(सोमबार) १८ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।
‘नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्वनै धरापमा पार्न नियोजितरुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पुँजी बजार अघि बढ्न सकिरहेको छैन । त्यसकारणले गभर्नरज्यूको तत्काल र राजिनामाको माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुँदे सहमतिलाई अक्षरस पालना गर्न समेत माग गरिएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार