भोलि गगन थापाको शपथ र पदबहाली

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् ।

मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ ।

पार्टीले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस