तुलसीपुर । तुलसीपुरमा स्कुल बसको ठक्करबाट एक अन्दाजी २ वर्षको बालकको मृत्यु भएको छ । आज बिहान करिब १०ः०० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।
जिल्ला सल्यान शारदा नगरपालिका –०२ खलङ्गा घर भई हाल जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका –०५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अंन्दाजी वर्ष २ को आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार


