दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश उमेश मैनालीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस