सल्यान । कपुरकोट चोरखोलामा सुक्खा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि अहिले दाङ, सल्यान, रुकुम, रोल्पा, नेपालगञ्ज जाने दर्जनौं साना ठूला गाडी सडकमै रोकिएका छन् भने यात्रुहरु बीचैमा अलपत्र परेका छन् ।
पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएपछि सम्बन्धित निकायसँग सहकार्य गरेर जेसिबी मगाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताए । सडकदेखि माथिबाट ठूल्ठूला ढुङ्गा खसेकाले पहिरो हटाउन समय लाग्ने उनले जानकारी दिए।
वर्षात मात्र नभई भए सुक्खा समयमा पनि ठाउँठाउँमा पहिरो खस्दै आएकाले राप्ती राजमार्गमा आउजाउ गर्न यात्रु ,गाडी व्यवसायीलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमवार


