लगातार वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु

काठमाडौं । असोज ९ देखि १२ गतेसम्म परेको लगातार वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदनअनुसार बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीले बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्।

यी घटनामा परी ४ जना बेपत्ता छन् भने ८ जना घाइते भएका छन्। विपद्बाट देशभर १,०८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस