बेत्रावतीको एउटै घरमा २४ शव फेला

काठमाडौँ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले बताए । भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको एसपी रेग्मीले जानकारी दिए।

एसपी रेग्मीका अनुसार बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।

शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागी शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस